Search

अहिले नेपालको अवस्था जस्तो छ, १५-२० दिन अगाडि इटाल...

  • Share this:

अहिले नेपालको अवस्था जस्तो छ, १५-२० दिन अगाडि इटालिको अवस्था पनि त्यस्तै थियो! सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो, साबुनपानीले हात धुन मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो! तर अहिले हामिले कोरोना भाइरसलाइ जस्तो सामान्य सोचेका छौँ, उनिहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारलाइ टेरेनन, बहिर निस्कन र हिंड्न छोडेनन, रेस्टुरेन्ट जान भेला हुन गोष्ठी गर्न छोडेनन। अब अहिले हेर्नुस् इटालिको हालत कस्तो छ, हरेक दिन ३-४०० मनिसहरुले ज्यान गुमाइरहेका छन, भाइरसका कारण मर्नेको संख्या १५ दिनको अवधीमै चिनको भन्दा धेरै भैसकेको छ। पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन। सजिलो छैन यो मरण, तपाइलाइ कोरोना लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसंग भेट्न दिदैनन। मरेपछी पनि घर लैजान दिदैनन। १ जनालाइ लागिहाल्यो भने फैलिन धेरै समय लग्दैन, नेपाल सानो देश, त्यसैमाथी हामीसंग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ती पनि समय लाग्दैन। अहिले हाम्रो सरकारले पनि हामिलाइ धेरै सुझावहरु दिइराखेको छ, तर हामिले त्यसलाइ मजाकमा लिइरहेका छौ, यस्तै गर्यौ भने हाम्रो हालत पनि इटालिको जस्तो नहोला भन्न सकिँदैन। त्यसैले हामी पनि अहिल्यै बाट सचेत होऔ। जथाभावी बाहिर ननिस्कौ। बेलाबेलामा साबुनपानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित होऔ। मास्कको प्रयोग गरौ। घरमै बसौ र यो प्रकोपलाइ निम्तिन नदिऔ। आफू पनि सुरक्षीत रहौ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔ। नत्रभने हामी नेपालीको अस्तित्व पनि संकटमा छ।
#stay_safe_everyone
🙏🙏🙏 #copied


Tags:

About author
not provided
“In photography there is a reality so subtle that it becomes more real than reality.”
View all posts